गर्मी मैसममा शरीरलाई फाइदा हुने खानेकुरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

 

काठमाडौं– गर्मी मैसममा खानेकुरा खाँदा निकै सचेत रहनु जरुरी छ । कुनै पनि खाद्य पदार्थको सेवानले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सहयोग गर्छ । गर्मीमा के–के खानेकुरा खाँदा शरिरलाई फाईदा पग्छ ।
मकै
मकै लुटेन जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । जसले सूर्यको हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । मकैले शरीरलाई उर्जा प्रदान गर्छ ।
गोलभेँडा
गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।
गाजर
एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घामबाट आउने विकिरणले हानि पुर्‍याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो ।
काँक्रो
काँक्रोमा सिलिका तत्व पाइने भएकाले यसको सेवान र्गनाले छालालाई स्वस्थ बनाउन मदत गर्छ । साथै यसमा फाइबर पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छ । यसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद खाना जरुरी छ ।
खरबुजा
खरबुजामा पानीको मात्रा बढी भएको कारण यसलाई नियमित रुपमा सेवान गर्नु पर्छ । यसमा क्यालोरीको मात्रा कम हुने भएकाले धेरै खाए पनि मोटोपन बढदैन ।
पानी
गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । स्वस्थ रहनका लागि प्रतिदिन न्युनतम तीन लिटर पानी पिउने गर्नुपर्छ ।
दही
दही हरेक दिन खानामा समावेश गर्दा उपयोगी हुन्छ । यसले शरीरलाई शीतल राख्नुको साथै डिहाड्रट हुनबाट समेत जोगाउँछ ।
-एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्