खाद्यान्न सम्झौता लगतै रुसद्धरा युक्रेनको बन्दगाहमा आक्रमण

war

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa
Russian and Ukrainian flag pair on desk over defocused background. Horizontal composition with copy space and selective focus.
Highlights
  • दुई वटा क्यालिबर क्रुज मिसाइल बन्दरगाहमा खसे पनि खाद्यान्न निर्यातको तयारी भने जारी रहेको बताइएको छ ।

काठमाडौ- युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । खाद्यन्न निर्यात गर्ने सम्झौता भएको केहि घण्टाभित्रै रुसले आक्रमण गरेको हो । ओडेसामा चार मिसाइल प्रहार भएकोमा दुईवटालाई निष्कृय पारिएको युक्रेनी सेनाले जनाएका छन् ।

दुई वटा क्यालिबर क्रुज मिसाइल  बन्दरगाहमा खसे पनि खाद्यान्न निर्यातको तयारी भने जारी रहेको बताइएको छ । रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप युक्रेनले लगाएको छ । ‘सम्झौता अनुसार रुसले कुनै पनि बन्दरगाहमा आक्रमण नगर्ने र निर्यात प्रभावित नहुने थियो । ‘यस आक्रमणको नतिजा के हुन्छ थाहा छैन तर खाद्यान्न ढुवानी गर्ने जहाजको आउ–जाउमा समस्या हुनसक्छ ।’ युक्रेनी सेनाले भनेका छन् । संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र खाद्यान्न निर्यात सम्बन्धी सम्झौता लागू गर्न आवश्यक रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array