उपत्यकामा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं- वागमती प्रदेश सरकारले बिहीबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array