रुस र युक्रेनबीच खाद्यान्नको निर्यात खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०७९, शनिबार
1 Min Read
Aa
Russian and Ukrainian flag pair on desk over defocused background. Horizontal composition with copy space and selective focus.
Highlights

काठमाण्डौँ–
रुस र युक्रेनबीच खाद्यान्नको निर्यात खुल्ने भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुबै पक्ष खाद्यान्न निर्यात खुलाउन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गरे । त्यसपछि युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गरेका हुन ।
अब युक्रेनी बन्दरगाहमा रोकिएको हजारौं टन खाद्यान्न विश्व बजारमा पुग्ने भएको छ । यो सम्झौता १ सय २० दिनसम्म लागू हुने अर्थात दुई पक्षले चाहेको अवस्थामा सम्झौता कार्यान्वयनमा केहि समय पनि लाग्न सक्नेछ । यो सम्झौता युद्ध अन्त्यको बाटोमा एउटा महत्वपूर्ण रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array