साताको अन्तिम दिन नेप्से परिसूचक ओरालो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक फराकिलो अन्तरले गिरावट आएको छ । नेप्से २७.२६ अंकले घट्दा २०१७.४६ को विन्दुमा रोकिएको हो । कसिलो मौद्रिक नीतिले ४/१२ को नीतिमा सुधार र तरलता संकट सुधारको प्रतिक्षमा लगानी कर्ता बसेका छन् । लगानी कर्ताको सक्रियता कम र कारोबार रकम कम भएपनि पछिल्लो समय नेप्सेमा थोरै सुधार भने आएको थियो । तर, पछिल्लो दुई दिन लगानी कर्ता मैद्रिक नीतिको पखाईमा बसेका छन् ।
शुक्रबार कारोबार सुरु भएलगत्तै बिक्रेताको दवाव थियो । अधिकांश उपसमूह फराकिलो अन्तरले घटेका छन् । आज कारोबार भएका १३ वटा उपसमूहले औसत डेढ प्रतिशतभन्दा धेरै घटेका हुन्। त्यस्तै, खरिदबिक्री भएका १७९ वटा स्टकहरुमध्ये १६७ वटाको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। परिणामस्वरूप प्रमुख परिसूचक नेप्सेमा १.३३ प्रतिशतको दबाब छ। २० करोड रुपैयाँले आजको कारोबार घटेको हो। यद्यपि दुई घन्टाको कारोबार अवधिमा एक अर्ब ४४ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array