एसपीपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले एसपीपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने जनाएको छ।
एसपीपी फ्रेमवर्कअन्तर्गत नेपाललाई सहयोग आइरहेको छ। नेपाललाई आवश्यक पर्ने सहयोग पनि आओस् र एसपीपीबाट पनि बाहिरिन सकियोस् भनेर अध्ययन भइरहेको छ।
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ।

‘परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीमा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: