दश वटा नदीको जल सतह र बहाव उल्लेख्य बढ्ने पूर्वानुमान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमान्डौ – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको पूर्वानुमान गर्दै मुलुकका दश वटा नदीको जल सतह र बहाव उल्लेख्य बढ्ने बताएको हो । केही नदीमा आकस्मिक बहावसमेत हुनसक्ने विभागले पूर्वानुमान गरेको छ , जसका कारण ति नदी वरपर बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

विभागले कोशी जलाधार अन्तर्गत सप्तकोसी, त्रिवेणी, तमोर, दूधकोसी, तामाकोसी, सुनकोसीलगायत नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । त्यस्तै, नारायणीको देवघाट, त्रिशुली, बूढीगण्डकी, मर्स्याङदी, सेती र कालीगण्डकी नदीको जलसतह बढ्ने विभागले जनाएको छ ।

कर्णाली, भेरी, पश्चिम सेती महाकाली, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको सतह पनि उल्लेख्य बढ्ने विभागको पूर्वानुमान छ भने विभागका अनुसार भोलि र पर्सि भने अधिकांश नदीहरुको सतह सामान्य रुपमा बढ्नेछ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपास भई बग्ने केही साना नदीहरुमा बहाव बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array