एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।ट्राफिक नियम उल्लंघन गरेका कारण ट्राफिक प्रहरीले काठमाडौं उपयत्कामा ट्राफिक प्रहरीले एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारीचलाउने ७४ जना सवारी चालक रहेका छन् ।

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: