बाम एकताको लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने  निर्णय गरेको हो ।

बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै बाम एकताको लागि पहल गर्ने निर्णय गरेको महासचिव डा। बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरिएको महासचिव भुसालले जनाए ।

यस्तै बैठकले असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: