पाँच नेताको बैठकः होला त एकता ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच भने पार्टी एकताका लागि पनि सम्वाद भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: