सीसीटीभी फुटेजलाई रिकभर गर्ने सम्भावना खोज्दै संसदीय समिति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समिति अर्थ मन्त्रालयको सिस्टमबाट डिलिट भएको सीसीटीभी फुटेज रिकभर गराउने तयारीमा जुटेको छ ।

आइतबारसम्म बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारी र सीसीटीभी फुटेजसँग सम्बन्धित व्यक्तिसँग एकसरो छलफल सकेको समितिले सोमबार अर्थ मन्त्रालयमा सीसीटीभी फुटेज संग्रह हुने सिस्टम (सफ्टवेर) नै मगाएको थियो ।

सफ्टवेरमा पनि बजेट सार्वजनिक भएको अघिल्लो दिन १४ जेठको रातिको सीसीटीभी फुटेज नभेटेपछि समितिले त्यसलाई रिकभर गराउने सम्भावनाबारे छलफल सुरु गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्याल भन्छन्, ‘हार्डड्राइभ मागेर हेर्‍यौं । सिस्टम नै मगाएर हेर्‍यौं । तर, खोजेको दिनको सीसीटिभी फुटेज भेट्टाएनौं । अब सिस्टमबाट रिकभर गराउने विषयमा छलफल गरिरहेका छौं ।’ सचिव अर्यालका अनुसार सीसीटिभी फुटेज रिकभर गर्ने सन्दर्भमा विज्ञहरुसँग समेत राय लिएर अगाडि बढ्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array