गभर्नर घेराउ गर्न पुगेका अखिल(क्रान्तिकारी)का ५ जना कार्यकर्ता पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै , कार्यालय प्रवेशमा रोक लगाउन आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेट अगाडि सत्तारुढ दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेविसंघ घेराउ गर्न पुगेका थिए ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा बालुवाटार पुगेका अखिल(क्रान्तिकारी)का ५ जना कार्यकर्ता पक्राउ परेको छ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

गत शुक्रवार सरकारलाई दबाब दिदै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र समेत बुझाएको थियो ।

अहिले राष्ट्र बैंक अगाडि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array