उपसभामुखमा भुसाल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्

Array