संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ ।

उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।

प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्