सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको म्याद तीन महिना थप गर्ने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । सरकारले सत्य निरुण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीको म्याद थप गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगका पदाधिकारीको म्याद थप गर्ने निर्णय गरेको हो । दुवै आयोगका पदाधिकारीहरूको समयावधि तीन महिना थप गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि शुक्रवार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: