उपसभामुखको चुनावमा गठबन्धनकै पक्षमा उभिने लोसपाको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सघाउने भएको छ । लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको बताईएको छ ।

गठबन्धनबाट काँग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनको उम्मेदवारलाई लोसपाले पनि साथ दिने भएपछि एमालेले राजनीतिक उपस्थितिका लागि उम्मेदवार दिन खोजेका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्