मौद्रिक नीतिमा बैंक र व्यवसायीबीच देखियो मतभेद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ असार २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा बैंक र उद्योगी व्यवसायीहरू भने एक अर्काविरुद्धमा देखिएका छन् । बैंकहरु मौद्रिक नीति मार्फत ब्याजदर अझ बृद्धि गर्नु पर्ने पक्षमा मत राखि रहँदा व्यवसायीहरू भने कुनै हालतमा ब्याजदर वृद्धि गर्न नहुने पक्षमा देखिएका हुन् । बरु ब्याजदर वृद्धिको साटो राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुको नाफामा नियन्त्रण गर्नु पर्ने व्यवसायीहरूको माग छ ।

आइतबार दिउँसो उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिका लागि आफ्नो सुझाव दिने भन्दै तारे होटलमा आयोजित लामो छलफलमा व्यवसायीहरूले एकपछि अर्को गर्दै गभर्नरलाई सुझाव दिइरहे ।

सुरुमा नै आयोजित कार्यक्रममाथि प्रकाश पार्दै आफ्नो सुझाव राखेका उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले १७ प्रतिशतमाथि पुगिसकेको बजार महँगीलाई मौद्रिक नीतिले नियन्त्रण गर्नुपर्ने बताए । त्यति मात्र होइन, अध्यक्ष गोल्छाले सोही अवसरमा तरलता अभावका बीच बैंकिङ ब्याजदर छ महिनामा नै दोब्बरले बृद्धि भएको भन्दै कर्जामा उद्योगी व्यवसायीले काम गर्न सक्ने स्थिति बनिसकेको जिकिर गरे ।

‘तरलता व्यवस्थापनकै लागि भनेर उच्च ब्याजदर अफर गरिएको छ । ६ महिना अघिको ब्याजदर अहिले दोब्बरले बढेर १५–१६ प्रतिशत पुगिसकेको छ । तैपनि निक्षेप बढेको छैन । यता व्यवसायीहरूले कर्जा नपाएर लगानी गर्न सकेका छैनन्,’ गोल्छाले भने, ‘अब ब्याजदर वृद्धि गर्ने होइन, अवस्था हेरेर बैंकहरुको नाफामा राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array