आईजीपी विवाद मुद्दामा आज सुनुवाइ हुँदैः के आउला फैसला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा सोमबार सुनुवाइ हुँदैछ। सोमबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।

यसअघि १९ असारमा सुनुवाइ भएकोमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज सोमबार पेसी तोकिएको थियो। सोमबार यो मुद्दामा फैसला आउन सक्ने सम्भावना छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ। सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन भनेको थियो। उसले २६ गते पेसी राखेर अन्तिम सुनुवाइ सक्दै फैसला सुनाउने समय तोकेको हो।

केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ। आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो।

यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array