इमानदारले चुनाव लड्न गाह्रो भयोः सभामुख सापकोटा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।

 

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमानदार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने बताए ।

‘यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा त्यो भनिसाध्य छैन । असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ भने, राम्रोसँग हामीले जनतामा गएर चाहिं यी विकृति र विसंगतिका विरुद्धमा अभियान चलाउन सक्यौं भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन्’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

Array