प्रदेशको नाम टुंगो लगाउन १ नम्बर प्रदेशमा सर्वदलीय बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ । १ नम्बर प्रदेशको नामकरणबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेता सहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रवार बसेको हो । चालू प्रदेश सभाबाट प्रदेशको नामकरण टुंग्याउने विषयमा बैठक बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईको उपस्थिति थियो ।

प्रदेश सभाको चालू अधिवेशन बाटै प्रदेशको नाम टुंगो लगाउने विषयमा दलहरू बीच प्रारम्भिक कुराकानी भएको मुख्यमन्त्री राईले बताए । प्रारम्भिक चरणको बैठक भएकाले आ–आफ्नो दलका तर्फबाट धारणा राख्ने काम भएको बताइएको छ ।

दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा वैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको उनले बताए । आ–आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुने गरी अर्को बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array