पैसा र समय खर्च गर्ने धारणा मिडिया र सामाजिक संजाल मार्फत तैयार गरिन्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौँ । उपभोक्ताले के मा पैसा र समय खर्च गर्ने धारणा मिडिया र सामाजिक संजाल मार्फत तैयार गरिन्छ, आधुनिक जीवनशैली लाइ डिजिटल गुलाम को संज्ञा 

एकातिर विद्युतीय भुक्तानी अन्तर्गत क्यूआर कोड प्रणाली मार्फत गरिने भुक्तानीको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ  भने फरक मत राख्ने अभियन्ता तथा बिज्ञहरु ले संसार लाइ नियन्त्रण गर्न सामाजिक संजाल, इन्टरनेट लगायत बिधुतिय भुक्तानी लाइ माध्यम बनाइएको दाबि गर्छन ।तथ्यांक ले समाजको ठुलो हिस्सा आफ्नो अमुल्य समय टिकटक , फेसबुक, इन्स्टाग्रम लगायत बिभिन्न सामाजिक संजाल, टेलिभिसन र मोबाइल मा खर्च गर्ने गरेको पाइकेओ छ।

आफ्नो महत्वपूर्ण समय जे कुरा मा नि खर्च गरे पनि उपलब्धि के र तिनको दिर्घकालिन असर बारे धेरै बेवास्ता गरेका छन्। अहिले , बालाबालिकारु सग मोबाइल भएकाहरु प्राय: ले आफ्नै घर को कोठा एकान्त मा रमाई रहेको हुन्छ , मोबाइल मार्फत के बिषयमा समय व्यतित गर्छ भने स्थिति डरलाग्दो छ। यो अब कुरा अभिवावक हरु थाहा पाउदा पनि बेवास्ता गरेका छन्।

वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण पछिल्ला वर्षमा यस्तो भुक्तानी बढेको हो  भने अमेरिका र भारत ले सन् २०२३ भित्र डिजिटल करेंसी लागु गर्ने तैयारी गरेको सामाजिक अभियन्ता सुरजित दत्त ले आवि गरेको छ ।

भारत लाइ पछ्याउदै नेपालमा पनि डिजिटल करेंसी लागु गर्ने दत्त दाबी गरे। रास्ट्र बैंकले डिजिटल करेंसी बारे आन्तरिक छलफल चलाएको चर्चा बेला बेला बिभिन्न संचार माध्याम मार्फत बाहिर आएको छ। एकातिर टेक्नोलोजी को बिकाश सगै बेरोजगारी बढेको छ भने डिजिटल करेंसी लागु गर्दा दिर्घकालिन प्रतिफल बारे गम्भीर छलफल हुनु जरुरि देखिन्छ। दत्त ले दाबि गरे अनुसार डिजिटल करेंसी लागु भए पछि बैंकहरु को संख्या घट्नु (मर्जर ) ले कर्मचारी कटौती ले बेरोजगारी बढ्ने प्रबल संम्भावना छ।

 पहिलो लक्डाउन को सात हफ्ता अगाडि , ‘१८ आघ २०७६’ त्रिभुवन विश्वबिद्यालय, किर्तिपुर को एक कार्यक्रम मा अमेरिका र भारत लगायत का देशरु ले नियोजित रुपमा आर्थिक मन्दी ल्याउने ” संसार भरि २०२० मै नियोजित रुपले आर्थिक मन्दी हुने ” ठोकुवा गरेको थिए भने जुन सत्य सावित भयो। सामाजिक संजाल प्रयोग मार्फत तथ्याक संकल गरि ठुलो कर्पोरेट लाइ बिक्रि गरिने कुरा पटक पटक उठे पनि आम सर्वसाधारण ले बेवास्ता गरेका छन्।

उपभोक्ताले के मा पैसा र समय खर्च गर्ने धारणा मिडिया र सामाजिक संजाल मार्फत तैयार गरिन्छ, आधुनिक जीवनशैली लाइ डिजिटल गुलाम को संज्ञा दत्त ले दिनु भएको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार क्यूआर कोडमार्फत गत वैशाख महिनामा मात्रै १० अर्बआबि गरे अनुसार १९ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । यो तथ्यांक गत वर्षको यही अवधिको भन्दा करिब ४ गुणा अर्थात् ७ अर्ब ६७ करोड रुपैयाँले बढी हो ।

गत वर्षको वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । कारोबार संख्यामा पनि भारी बढोत्तरी देखिएको छ । गत वैशाखमा ३० लाख ७१ हजार ८ सय ४३ वटा कारोबार हुँदा गत वर्षको वैशाखमा ६ लाख ७२ हजार वटा मात्रै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्