एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाण्डौमा जारी छ । बैठकमा पार्टी भित्रको विवाद, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको योजना बारेमा छलफल भएको बताइएको छ । तर, बैठकमा मुख्यगरी सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयबाट शुरू भएको विवादमा छलफल केन्द्रीत भएको छ ।

पार्टीले जेठ २२ को सचिवालय बैठकले एक्कासी मन्त्री फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णय लिएको थियो। एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र अन्य नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, मेटमणि चौधरीलाई शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा पठाउने एकीकृत समाजवादीको निर्णय छ ।

एकीकृत समाजवादीका नेताहरू केही घण्टामै मन्त्रिपरिषद् हेरफेर हुने दावी गर्छन् तर, प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिले मन्त्रिपरिषद नचलाउने पक्षमा छन् ।

बैठकमा आज पनि बृहत छलफल हुने र आगामी कार्यदिशा तय गर्ने गरि बैठक अगाडी बडाईने प्रचार विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्