आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो ।

आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

Array