कृष्ण लीला मा समावेश-ए मेरो हजुर मा श्रद्धा र पुष्पाको रोमान्स (भिडियोसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । फिल्म कृष्ण लीला मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुइले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुइको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो ।

सार्वजनिक गीतमा रवि ओड र सुनिता कार्कीको स्वर रहेको छ । यसमा संगीत बाबुल गिरीको रहेको छ भने शब्द डाक्टर धर्मराज उपाध्यायले कोरेका हुन् । म्युजिक भिडियोको रुपमा छायांकन गरिएको गीतलाई फिल्मसँग मिल्ने भएकाले समावेश गरिएको हो ।

गीतमा माइकल चन्दको कोरियोग्राफी रहेको छ । फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीको पनि अभिनय रहेको छ ।दीपक वली निर्देशित फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्

Array