युरोपेली युनियनको मिसनलाई सहजीकरण गर्न नयाँ दल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
3 Min Read
Aa

नचिने सम्म……
आजको यो अवस्था व्यवस्थाले ल्याएको हो, यो व्यवस्था भित्र एउटा व्यक्ति वा समुहले अवस्था नै फेर्छु भन्नु र त्यसलाई पत्याई दिनु भनेको अर्को २० वर्ष नेपाली जनतालाई भ्रम दिनु हो।
यो आफ्नै भारले थिचिएर जिर्ण भएर ढल्न खोजेको यो भ्रष्ट व्यवस्थालाई टेको दिन नयाँ नयाँ सुकिला-मुकिला अनुहार ल्याएर युरोपेली युनियनले भ्रम दिन खोज्नु सिवाय अरु केही होइन।
आजको यो व्यवस्था ल्याउन व्यवस्थापन गर्न युरोपेली युनियनको अरबौं लगानीमा निर्माण भएको व्यवस्था हो। यो धुन्दुकारी व्यवस्थाले भारतको कलकत्ता सहरमा बस्ने जति पनि जनसंख्या नभएको एउटा सानु मुलुकमा आठ-आठ वटा सरकार ८८४ जना सांसद ७५३ जना विशिष्ट तलबभत्ता सहितको मेयर उपमेयर अनि ती सबै गाडी घोडा सुबिधा सहितको पालनपोषण गर्न पर्ने।


जनता माथि ट्याक्स लगाउन तीन ओटै केन्द्र प्रान्त स्थानीय सरकारले छुट पाउने यस्तो धुन्दुकारी व्यवस्था बारेमा “मौन” रहेर म यहाँनेर “अवस्था” फेर्छु भन्नु नेपाली जनतालाई फ़ेरि अर्को झिल्के ल्याएर अलमल्याउनु हो।
यी छलकारीहरुले नबुझेको पक्का होइन नेपाल बिदेशीको रणभुमीको मैदान बन्दै गइरहेको छ भन्ने कुरा, सामान्य राजनीतिको “र” सम्म बुझ्ने नेपाली जनताले बुझी सकेको छ त्यसमा एक शव्द आफ्नो धारणा नराखी छल्नु भनेको राजनीतिको छलछाम नै हो।
बेरोकटोक रूपमा नेपालमा बिदेशीले गैरसरकारी संस्थाको नाउँमा अरबौं डलर ओइराई रहेकोे छ त्यसको कुनै मापदण्ड बनाएको छैन जातीय द्वन्द्व ल्याउन प्रत्यक्ष रूपमा लगानी लगाएर साम्प्रदायिक प्रशिक्षण शिविर चलाइरहेको छ यो कुरा कोही कसैबाट छिपेको छैन झन् पत्रकारीता गर्नेले त नबुझ्ने कुरै भएन यससम्बन्धी नबोल्नु भनेको युरोपेली युनियन कै लाइनमा उभिनु होइन र ?
नेपालमा हामीले मात्रै होइन बिदेशी त्यो पनि पश्चिमी जगतको अखबारमा समेत नेपाल संसारमा सबैभन्दा बढी धर्मान्तरण हुँदै गइरहेको मुलुक भएको भनेर पटकपटक समाचार प्रकाशित भैरहेको छ भने चीनिया कुटनैतिक नियोगको प्रमुखहरुले समेत नेपालमा धर्मान्तरण समस्याले भविस्यमा चीनको लागि खतरा हुँदै गइरहेको भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेको विषयमा बोल्न नखोज्नु भनेको युरोपेली युनियनको मिसनलाई सहजीकरण गर्न नै नयाँ दल खोलेको भनेर भन्न किन सकिन्न ?
यसले गर्ने काम भनेको यो महंगो व्यवस्था नै परिवर्तन गर्न खोज्ने सचेत समुहहरुको अभियानमा केहि समयसम्म वाधा व्यवधान गर्लान् ब्यक्ति पो खराब रहे छ व्यवस्था त ठिकै रहेछ नी भन्ने भ्रम देलान् अरु त के नै हो र बाँकी अब्राहमिक हरियो रंगमा स्टार चिन्ह सहित आएको युरोपेली युनियन मोडलको नयाँ पार्टीलाई नेपाली जनताले राम्रोसँग नचिने सम्म केही समय उफर-पाफर गर्दै हिंड्लान् !!
साभार मोहन लामा रुम्बा जी को फेसबुक वाल बाट

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: