घूस लेनदेनको अडियो बारे न्यायाधीश कोइरालाले भनेः गलत काम गरेको छैन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् । ‘ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

ठगीको आरोपमा मुद्दा चलेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको कुराकानी बाहिरिएको थियो । जसमा उनीहरुले पैसा लिएर तामाङलाई धरौटीमा छाड्ने बारेमा कुराकानी गरेको सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array