रविको पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ । नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछानेको विरोधमा आज आयोगमा उजुरी दर्ता गराएको हो । ‘स्वतन्त्र’ उम्मेदवारलाई भ्रामक बनाउने नाम राखेकाले उजुरी दिएको अभियानले जनाएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रयोग भएको ‘स्वतन्त्र’ ले वास्तविक स्वतन्त्र व्यक्ति,समूह,संस्थालाई गम्भीर आघात पुगेको उसको ठहर छ ।

राजनीतिक पार्टीमा आबद्ध नजनाई स्वतन्त्र रहने व्यक्तिले मात्र निर्वाचनमा स्वतन्त्रको रुपमा उम्मेदवारी दिन पाउने सार्वभौम अधिकार रहेको पक्षलाई उसले सम्झाएको छ ।

सबै व्यक्ति राजनीतिक पार्टीमा आबद्ध हुन नचाहने भएकाले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारको प्रयोग गरेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नुले स्वतन्त्र उम्मेदवारमा भ्रम र अन्यौल उत्पन्न भएको उजुरीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: