पिपुल्स पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । पिपुल्स पावर कम्पनीले बुधबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ भने

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । जसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता सेयर बिक्री गर्नेछ । यसैगरी, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी हुनेछ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आइपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।

यसमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: