सबै आन्तरिक उडान आज बिहान ११ बजेदेखि नियमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान आज बिहान ११ बजेदेखि नियमित उडान सञ्चालन गर्ने भएका छन्।

संघका प्रवक्ता योगराज कँडेलले आज बिहान ११ बजेदेखि हवाई सेवा नियमित हुने बताए।

वायुसेवा सञ्चालक संघ नेपालका र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच हिजो राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान आज बिहान ११ बजेदेखि नियमित सञ्चालन गर्ने भएका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताएका थिए।

‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ,’महानिर्देशक प्रदीप अधिकारीले भने।

मंगलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो।

यसैबीच सीता एयर र माउन्टेन हेलिकप्टरले आज बिहान ६:३० बजेदेखि नै नियमित सेवा दिइरहेको बताएका छन्। सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यले नियमित तालिकाअनुसार नेपालगञ्ज र सिमकोटबाट उडान भइरहेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: