आईपीओ बिहान ९ बजे बाँडफाँट गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जेठ २६ गते दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।

- Advertisement -
Ad imageAd image

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: