नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आशंका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमान्डौं । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।

नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमा सम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरशाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो।

बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो। वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

Array