नेता,सांसद तथा विभिन्न गुप्तचरहरु खुसुक्क काठमाडौंमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्राटेजी का अध्यक्ष काठमाण्डौ बाट स्वदेश फिर्ता भयो भने अर्को तिर  हिजो मंगलवार दिउँसोको सवा २ बजे भारतीय राष्ट्रिय काँग्रेसका सांसद सत्यनारायण शर्मा काठमाडौं आएका छन्।

भारतीय राजनीतिक दलका नेता,सांसद तथा विभिन्न गुप्तचर संघ संगठनका अधिकारीहरु खुुसुक्क काठमाडौं आउने क्रम बढेको छ भने केही दिनदेखि काठमाडौंमा बसेको इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (आइसिडब्लुए) को एउटा टोली नयाँ दिल्ली फर्केको छ ।

यसरी बसेर फर्किने उनीहरुको बारेमा नेपाली अधिकारीहरु ‘औपचारिक’ रुपमा अनभिज्ञ देखिन्छन् ।

उक्त संस्थाको चीनसम्बन्धी कोर समूह र राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य तथा ‘सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्राटेजी’ का अध्यक्ष जयदेव रानाडेसहित तीन जनाको टोली एयर इण्डियाको उडानबाट दिउँसो साढे ३ बजे  स्वदेश फिर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array