सञ्चारकर्मी रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् ।

लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ ।
पार्टीका विशेषताहरु पनि बताएका छन । आफ्नो पार्टीमा इमान्दार र क्षमता राख्नु हुने जो कोही साथीहरु भिनका साथ आउनका लागी स्वागत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array