एन्फाको चारवर्षे कार्यकालका लागी अध्यक्षमा नेम्वाङ निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए भने अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएका छैनन ।

प्रतिक्रिया दिनुहोस्

Array