एमाले कैलाली अध्यक्षलाई सोधियो स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पार्टीका उम्मेदवार हराउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको छ कैलाली जिल्ला इन्चार्ज नारद मुनि रानाले थापालाई स्पष्टीकरण सोधेका हुन् ।

थापालाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनिएको, शंकर पोख्रेल, लेखराज भट्ट, कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली , सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको, एमालेले एक सिट पनि जित्दैन भन्दै प्रचार गरेको , पार्टीका उम्मेदवार महादेव बजगाईँ, जुना चौधरी र ममता प्रसाद चौधरीलाई जसरी पनि हराउँछु भन्दै सार्वजनिक रूपमा बोलेको र उनीहरूलाई हराउने कार्यमा किन लागेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array