समयमा कर नतिर्नेमा ठेकेदार कम्पनीदेखि बिज्ञापन एजेन्सीसम्म (नामावलीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
11 Min Read
Aa

काठमाडौं । आन्तरिक राजश्व बिभाग, आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले मूल्य अभिवृद्धि कर(भ्याट) तथा आयकर बक्यौता रकम समयमा दाखिला नगर्ने कारदाताहरूको नामावली सार्वजनिक गरेको छ । कार्यालयले कर दाखिलाका लागि पटक–पटक ताकेता गरेको भएपनि करदाताले अटेर गरेका कारण सूचना प्रकाशन गर्नु परेको जनाएको छ । कार्यालयले २०७९ असार १ गते एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्दै १५ दिन भित्र मुल्य अभिवृद्धि कर तथा आयकर बक्यौता तिर्न निर्देशन गरेको हो ।

उक्त अवधि भित्र पनि करदाताले तिर्नुपर्ने बाँकी बक्यौता रकम दाखिला नगरेमा वा दाखिला गरिसकेको भए प्रमाण पेश गर्न कार्यालयले अनुरोध गरेको छ । तोकिएको समयमा वक्यौता रकम दाखिला नगरे मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ को उपदफा ९१० तथा आयकर ऐन २०५८ को दफा १०३ देखि १११ मा उल्लेखित प्रक्रिया अपनाई उक्त मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता रकम असुल उपर गर्न कानूनी कारवाही अगाडि बढाउने चेतावनी कार्यालयले दिएको छ ।

को–को छन् त कर नतिर्ने सूचीमा ?
अग्नी एयर प्रालिले सरकारलाई तिर्न बाँकी आयकर ५८ करोड १६ लाख ४३ हजार ९ सय १ रहेको छ । ह्याण्डस इन्टरनेशनल प्रालिको १७ करोड ११ लाख २७ हजार १ सय ८१ आयकर बाँकी छ । रोजवर्ड बोडिङ स्कूल प्रा. लि. ले ४ करोड ८१ लाख ६७ हजार ५० रुपैयाँ आयकर तिर्न बाँकी रहेको छ । ए. आर ट्रेडर्सको नाममा ९७ लाख ९३ हजार ३ सय ५ रुपैयाँ आयकर र १ करोड ८० लाख १४ हजार ७ सय ४५ मुल्य अभिबृद्धि कर गरी जम्मा २ करोड ८ लाख ८ हजार ५० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जारी सूचनामा उल्लेख छ ।

यसैगरी नयाँबानेश्वरमा रहेको कृष्ण टावर प्रा.लि.को २ करोड २ लाख ६३ हजार २ सय २९ रुपैयाँ आयकर वक्यौता रहेको पाइएको छ । श्री साझा भण्डार सहकारी संस्था लि. को नाममा १ करोड ९४ लाख ८० हजार ६ सय ८४ रुपैयाँ आयकर भुक्तानी गर्न बाँकी रहेको छ । मास ट्रेड लिङ्क प्र.लि.ले १ करोड ३४ लाख १५ हजार ५ सय ८५ आयकर र ४३ लाख ८८ हजार २ सय ६५ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ७८ लाख ३ हजार ८ सय ५० रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

त्यसैगरी शुभलक्ष्मी मार्केटिङ प्र.लि.ले १ करोड ७७ लाख २३ हजार ९० आयकर भुक्तानी गर्न बाँकी रहेको छ । जलजला निर्माण सेवा प्रा.लिले १ करोड ३० लाख ५ हजार २ सय ५२ आयकर र ३८ लाख ५७ हजार ८ सय ६४ मूल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ६८ लाख ६३ हजार १ सय १६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सिन्स इन्टरनेशनलले ५१ लाख १० हजार ३ सय ७५ आयकर र १ करोड १७ लाख ३४ हजार २ सय ४७ रुपैयाँ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ६८ लाख ४४ हजार ६ सय २२ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । समर्पण समाजले १ करोड ४९ लाख ३२ हजार ३ सय ९९ रुपैयाँ आयकर भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

यस्तै, श्री इशान्त ट्रेड कन्सर्नको नाममा १ करोड ३९ लाख ६८ हजार ८ सय ८१ रुपैयाँ आयकर र ३९ हजार ६ सय ६८ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ४० लाख ८ हजार ५ सय ४९ रकम भुक्तानी गर्न बाँकी छ । श्री रिद्धिसिद्धि ट्रेडिङ कन्सर्नले १ करोड ३१ लाख ४१ हजार ८ सय ६२ आयकर र १ हजार मूल्य अभिबृद्धि कर गरी १ करोड ३१ लाख ४२ हजार ८ सय ६२ रुपैयाँ राजश्व तिर्न बाँकी रहेको छ ।

समयमा कर नतिर्नेमा ठेकेदार कम्पनीदेखि बिज्ञापन एजेन्सीसम्म
प्रोपर इन्टरनेशनल प्रा.लि.ले ६४ हजार ३ सय ६४ आयकर र १ करोड २५ लाख १८ हजार १७ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड २५ लाख ८२ हजार ३ सय ८१ तिर्न बाँकी छ । क्लासिक क्याजुवल प्रा.लिले ४० लाख ३२ हजार ६ सय ५६ आयकर र ८३ लाख ४२ हजार ६ सय ६७ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड २३ लाख ७५ हजार ३ सय २३ तिर्न बाँकी रहेको छ ।

सक्षम इन्टरप्राइजेजले २ लाख ११ हजार ८ सय ७ आयकर र ८५ लाख ८३ हजार ५ सय ७४ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ७ लाख २ हजार ४ सय ८१ तिर्न बाँकी रहेको छ । एन बि कन्स्ट्रक्सन प्रा. लिले ९२ लाख १३ हजार २ सय २० आयकर र ११ लाख ९९ मुल्य अभिबृद्धि कर गरी जम्मा १ करोड ३ लाख १३ हजार ३१९ तिर्न बाँकी छ ।

बल्र्ड भिजन मिडिया वाइङ्ग हाउस प्रा.लिको नाममा १ करोड १ लाख २४ हजार १ सय २८ आयकर र १ लाख ३९ हजार २ सय २८ मूल्य अभिबृद्धि कर गरी जम्मा १ करोड २ लाख ६३ हजार ३ सय ५६ बक्यौता रहेको छ । नेपाल जालपादेवी कन्स्ट्रक्सन प्रालिको नाममा ८ करोड ९९ लाख २ हजार ५१ रुपैयाँ आयकर बक्यौता बाँकी रहेको कर कार्यालयले जनाएको छ । स्टार एफएमको नाममा ८९ लाख २६ हजार ९ सय ७० मूल्य अभिबृद्धि कर बाँकी रहेको छ ।

बि.एन इम्पेक्सको नाममा १६ लाख २५ हजार ८ सय ७६ आयकर र ६७ सय ६८ हजार ३ सय ८९ मूल्य अभिबृद्धि कर गरी जम्मा ८३ लाख ९४ हजार २ सय ६५ रहेको छ । संकिता जनरल सप्लाययर्स प्रा. लिको नाममा २३ लाख ८३ हजार ३ सय २१ आयकर र ५५ लाख ३४ हजार २ सय ३८ मुल्य अभिबृद्धि कर गरी जम्मा ७९ लाख १७ हजार ५ सय ५९ बक्यौता रहेको छ । सावरिया कन्स्स्ट्रक्सन कम्पनी प्रा.लिको मूल्य अभिबृद्धिकर ६५ लाख ६२ हजार ८ सय ९० रहेको छ । एभरग्रीन एपरल्सस प्रा.लिको नाममा ५१ लाख ३७ हजार ९१६ आयकर र ११ लाख ७३ हजार ४० मुल्य अभिबृद्धि कर गरी जम्मा ६३ लाख १० हजार ९ सय ५६ रकम बक्यौता रहेको छ ।

जि.एन इम्पेक्सको नाममा १२ लाख ४४ हजार ४ सय ६२ आयकर र ४८ लाख ९३ हजार ५ सय ३६ मुल्य अभिबृद्धि कर गरी जम्मा ६१ लाख ३७ हजार ९ सय ९८ राजश्व भुक्तानी गर्न बाँकी रहेको छ । ओम साई फेसनको नाममा ५६ लाख ८० हजार ४ सय ४० आयकर र ४८ लाख ९३ हजार ५ सय ३६ मूल्य अभिबृद्धि कर गरी ५८ लाख ४३ हजार ७६ बक्यौता रहेको छ । आयुषा डेभलपर्स प्रा.लि को ५६ लाख ४३ हजार ९ सय ५६ आयकर बाँकी रहेको छ ।

अनामिका ट्रेडर्सको नाममा ४ हजार ६ सय ६९ आयकर रहेको छ भने ५३ लाख ५८ हजार ५ सय ६९ मूल्य अभिबृद्धि कर गरी ५३ लाख ६३ हजार २ सय ३८ रहेको छ । रुपेश इन्टरनेशनलको नाममा ३७ लाख ७१ हजार ८ सय ७० आयकर र १५ लाख ८९ हजार ३ सय ९१ मूल्य अभिबृद्धि कर गरी जम्मा ५३ लाख ६१ हजार २ सय ६१ रहेको छ । समृद्धि ट्रेड लिङ्कको नाममा ५० लाख ३७ हजार ६ सय १७ आयकर बक्यौता रहेको छ ।

श्री ॐ सत्य साई बाबा खाद्य सप्लार्यसको नाममा ४७ लाख ५९ हजार १६ आयकर बाँकी रहेको छ । कोष व्यवस्थापन कम्पनी लि.को नाममा ४५ लाख ३४ हजार ५ सय ६ आयकर रहेको छ । दीपज्योति ट्रेडिङको नाममा २ लाख २८ हजार ४ सय ३७ आयकर र ४० लाख ६४ हजार १ सय ५५ मूल्य अभिबृद्धि कर गरी ४२ लाख ९२ हजार ५ सय ९२ रहेको छ । कृचल अर्डर सप्लायर्सको नाममा ३७ लाख ९० हजार ५ सय २५ आयकर र ३ लाख ६१ हजार ८ सय ५० मूल्य अभिबृद्धि कर गरी जम्मा ४१ लाख ५२ हजार ३ सय ७५ रहेको छ ।

ब्लु वर्ड गार्मेन्ट प्रा.लिको नाममा ३५ लाख ८६ हजार ६९३ आयकर र २ हजार २ सय ५९ मुल्य अभिबृद्धि कर गरी जम्मा ३५ लाख ८८ हजार ९ लाख ५२ रहेको छ । सूर्य पश्मिनाको नाममा ३४ लाख ९३ हजार ८ सय ७४ आयकर रहेको छ । मिरियड प्रा।लिको नाममा ३३ लाख २५ हजार ३ सय ९ आयकर र ५५ हजार ८ सय ३९ मूल्य अभिबृद्धि कर गरी जम्मा ३३ लाख ८१ हजार १ सय ४८ रहेको छ । इ आर एम सि जियोटेक सर्भिसेज प्रा.लिको नाममा ३३ लाख ९४ हजार ९ सय ७६ मूल्य अभिबृद्धि कर बक्यौता रहेको छ ।

शिव लोजिस्टिक्स प्रा. लिको २७ लाख ८३ हजार ९६ मुल्य अभिबृद्धि कर बाँकी रहेको छ । इलाइट मल्टिटास्क २४ लाख ५२ हजार ९ सय ८९ आयकर र ३ लाख २४ हजार ९ सय ६८ मूल्य अभिबृद्धि कर गरी २७ लाख ७७ हजार ९ सय ५७ रहेको छ । न्यू रवि सप्लार्यसको नाममा २४ लाख ५० हजार ३ सय ७६ आयकर बक्यौता रहेको छ । गतिशील प्रेस, आलेख प्रकाशनको नाममा १३ लाख ५० हजार ६ सय २१ आयकर ६ लाख ८ हजार ६५ मूल्य अभिबृद्धि कर गरी १९ लाख ५१ हजार ४ सय ८६ बक्यौता रहेको छ ।

ड्रिम इन्टेरियर्स प्रा.लिको नाममा १४ लाख ७५ हजार १ सय ५८ आयकर र ३३ हजार मूल्यअभिबृद्धि गरी जम्मा १५ लाख ८ हजार १ सय ५८ तिर्न बाँकी छ । सिटिजन अफसेट प्रेस प्रा.लिको नाममा १३ लाख २३ हजार ७ सय ८ आयकर र ५७ हजार मूल्य अभिबृद्धि कर गरी जम्मा १३ लाख ८० हजार ७ सय ८ रहेको छ । पिएस मार्केटिङ प्रा.लिको नाममा १२ लाख ५७ हजार ५३ आयकर र ५२ हजार ५१ मूअक गरी जम्मा १३ लाख ९ हजार १ सय ४ रहेको । फर्मा सेल्स हाउसको नाममा १२ लाख १७ हजार ३ सय ९७ आयकर र ८ हजार मूअक गरी १२ लाख २५ हजार ३ सय ९७ रहेको छ । साँघु न्यूजबाट

प्रतिक्रिया दिनुहोस्

Array