देश बनाउछु भन्ने सरकारले त्रिचन्द्र क्याम्पस किन बनाउन सकेन ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । राणा प्रधानमन्त्री चन्द्र शमशेरको अगुवाईमा स्थापना भएको नेपालकै पुरानो क्याम्पस काठमाण्डौ स्थित त्रिचन्द्र क्याम्पसको भौतिक संरचना २०७२ सालको भुकम्पले ध्वस्त बनायो । भुकम्पले क्षति पुर्याएका धेरै संरचनाहरु निर्माणधिन छन तर, त्रिचन्द्र क्याम्पसको प्राङगणमा चारैतिर हरियो झार जंगल, पानी जमेर बनेको छ पोखरी। कहीँ चर्किएका छन्। कहीँ संरचना नै भत्किएका छन्। रङरोगन खुइलिसकेको छ। चारै तिर कुरुप देदिएको छ ।

यो कुरुप दृश्य नेपालकै पहिलो उच्च शिक्षा दिने त्रिचन्द्र कलेजको हो।

यही कलेजबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले उच्चशिक्षा हासिल गरेका हुन्। यही कलेजमा अध्ययन गरी सत्तामा पुगेका यी नेताको ध्यान कहिल्यै पुगेन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षणपछि पुनर्निर्माण तथा मर्मत सम्भार गर्ने उल्लेख छ।

तर, प्राधिकरणको म्याद सकिँदा पनि ऐतिहासिक कलेजको पुनर्निर्माणले पूर्णता पाएन। प्राधिकरणको ६ वर्षमा कलेजको नापजाँच बाहेक केही भएन।

सरकारी आश्वासनमै बित्यो

अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किनेगरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गर्ने बताएका थिए।

घोषणा भएको १० महिनामा केही काम भएको छैन। गत मंसिर महिनामा त्रिचन्द्र कलेज र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पुनर्निर्माणको प्रक्रिया अघि बढिसकेको र पुनर्निर्माणको कन्सलटेन्ट हायरु गर्न सूचना प्रकाशन भइसकेको जनाएको थियो। तर, ठोसरूपमा काम भएको छैन।

कक्षाकोठा अभाव

नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसका नेता गोविन्द कोइराला कलेज पुनर्निर्माण नहुँदा अध्ययन्अध्यापन गर्न सकस भएको बताउँछन्। ‘अहिले जीर्ण बनेको भवनमा पाँच विभागको पढाइ हुन्छु, उनी भन्छन्,करिब चार हजार विद्यार्थी पढ्ने ठाउँ हो। तर,०७२ को भूकम्पपछि रेड स्टिकर लाग्यो।’

उनका अनुसार रातो स्टिकर लागे पनि ठाउँ अभावले जोखिम मोलेर पठनपाठन भइरहेको थियो। ‘तर, यो पटकबाट कलेज प्रशासनले धेरै जोखिम बढेकाले छत वा ढुंगा खस्न सक्छ भनेपछि पढाइ बन्द भयो, उनले भने, अहिले त्यहाँका सबै विद्यार्थी सरस्वती सदन साइटमा सारिएको छ। थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस्