संघीय संसदका दुवै सदनको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासुचि छ।

बेठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्। यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

- Advertisement -
Ad imageAd image

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्। मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्