नेप्से घट्नेक्रम जारीः आज मात्रै ३७ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन । थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, अन्य समूहको उपसूचक ३.६२ प्रतिशतले घटेको छ भने लगानीको उपसूचक २.२७ प्रतिशतले घट्न पुगेको छ । असार १ गतेदेखि सातामा आइतबारको सार्वजनिक विदा कटौती भएसँगै आइतबारसहित शुक्रबार ६ दिन नै कारोबार हुन थालेको बजारमा पहिलो दिन ३७.२७ प्रतिशतको गिरावट आएको हो । उसो त ३७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब १३ करोड ४० लाखमा सीमित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array