पर्यटन मन्त्री आले विरुद्ध संसदीय समितिमा उजुरी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ । आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा पर्दै आउनुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । संघीय संसदको आचरण अनुगमन समितिमा मन्त्री आलेको अभिव्यक्ति विरुद्ध उजुरी परेको हो ।

सार्वजनिक भएको एक अडियो संवादमा आलेले अश्लिल शव्द प्रयोग गरेको र ‘ठेगान लगाइदिने’ धम्की दिएको भन्दै उहाँमाथि कारबाहीको माग सहित उजुरी दर्ता भएको हो ।

डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । साँस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेले अश्लिल शब्दमात्रै प्रयोग गर्नु भएन, ठेगान लगाउनेसम्मको धम्की दिनुभयो’, उजुरीमा भनिएको छ ।

प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अश्लिल शब्द प्रयोग गरेको मन्त्री आलेमाथि आरोप छ । यसअघि पनि भारतमा बस्ने एक नेपालीलाई उहाँले अश्लिल शव्दमा गालि गरेको अडियो बाहिरिएको थियो ।

मन्त्रीको शपथ लिएलगत्तै नतिजामुखी काम गरेको भन्दै सर्वत्र वाहावाही कमाउनुभएका मन्त्री आले आफ्ना अभिव्यक्तिका कारण समय समयमा आलोचनामा पर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array