एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताह्रुबीच आर्इतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।

‘स्टेट पार्टनरसीप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौं र यथार्थ बाहिर ल्याउने अनुरोध गरिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि माधव कुमार नेपालले बताएका छन ।

एसपीपी सम्झौताको सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरिहेको छ । अमेरिकाले नेपालले एसपीपी नचाहाने हो भने पत्र लेखेर रद्द गर्न सक्ने जनाइसकेको छ । तर सरकारले पत्र लेखेर रद्द गर्नेतिर हालसम्म ठोस कदम चालेको छैन । कतिपय नेताहरुले सरकारलाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्न सुझाव दिएपनि सरकार त्यसतर्फ लागेको छैन । यसले गर्दा सत्ता गठबन्धनमै अविश्वासको वातावरण पैदा हुन थालेको नेताहरुको भनाइ छ । यद्यपि प्रधानमन्त्रीले देश हित विपरितका कुनै पनि सहमति सम्झौता नगर्ने बताउँदै आएका छन् ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा एसपीपीको अलवा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरुबीच सामान्य कुराकानी भएको छ । त्यस्तै नेकपा समाजवादीका मन्त्री परिवर्तनबारे समेत कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array