इ-सेवाको अफर, बैंक खाता लिंक गर्दा ५५ रुपैयाँ क्यास ब्याक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ । इसेवाले ५५ मिनेटको अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ५ असारमा बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताईएको छ । आइतबार साँझ ५ः०५ देखि साँझ ५ः५५ बजेसम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताइएको छ ।

इसेवाले ग्राहकहरू घरमै बसेर वित्तीय कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने सर्त कम्पनीले तोकेको छ ।
इसेवाले हाल एन्ड्रोइडमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरूलाई मोबाइल एपमार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । यी बैंकहरूबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्