आज मौसममा सामान्य फेरबदल हुने, पहाडी भेगमा हल्का वर्षाको संभावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
2 Min Read
Aa
Thunderstorm (DI02125) Photo by Carlye Calvin

काठमाडौं । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश , गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरोको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्