गणतन्त्र नेपालको नयाँ रोयल प्यालेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
3 Min Read
Aa
Royal Palace

एउटा Royal Palace  हुँदा र नहुँदा !!

 

हालै प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा कार्यक्रममा भन्नुभएछ “मैले दलाई लामाको काठमाडौ स्थित सम्पर्क कार्यलय हटाउने काम गरेको हो” ।
लाजिम्पाट स्थित “गादेन खाङ्सार” नामको दलाई लामाको सम्पर्क कार्यलय थियो, त्यहा वाङ्चुक नाम गरेको सम्पर्क अधिकारी त्यतिबेला त्यहाँ नियुक्त भएर आएको थिए, एकपटक संयोगले मेरो भेट तिनै वाङ्चुक संग सम्बाद हुन पुग्दा उनले भनेका थिए तपाईंको शेरबहादुर देउवाले त हाम्रो कार्यलय माथि नै प्रतिबन्ध लगायो भनेर गुनासो गर्दा मैले प्रतिप्रश्न गरे “के तपाईंलाई लाग्छ यो काम प्रधानमन्त्री शेरबहादुरले नै गरेको हो  ? उनले मुसुक्क हाँस्दै सुस्तरी भने रोयल प्यालेस।

प्रचण्डले रुक्मांगत कटवाललाई प्रधानसेनापति बाट हटाउने निर्णय गरेपछि, त्यो आपतकालीन घडीमा मैले तुरुन्तै एक ठाउँमा फोन गरें त्यहाँ बाट सकारात्मक कुरा आएपछि “त्यसपछि मैले स्ट्याण्ड लिए” भनेर आफ्नो आत्माकथामा रुक्मांगत कटवालले लेखेको छ। त्यो सेनाको लागि भरपर्दो फोन कहाँ गरेको थियो र? त्यतिबेला त सेनाको परमाधिपतीको रूपमा रहेकोे राजालाई हटाई सकेको थियो। उनले जहाँ फोन गरेको थियो आज त्यहीँ हो गणतन्त्र नेपालको नयाँ रोयल प्यालेस।

रोयल प्यालेस नेपाली सेनाको परमाधिपती हुँदा “सैन्य युद्ध अभ्यास/तालीम तराईको चारकोसे झाडी, चुरे महाभारत पर्वत तिर हुने गर्थ्यो, अहिले पटकपटक तिब्बतको सिमावर्ती हिमाली भूभागमा हुने गर्छ र त्यो पनि अमेरिकी सेना संग मात्रै हुँदै आइरहेको छ, अनौठो लाग्ने कुरा गणतन्त्रको स्थापना पछी तराई मधेस तिर छोडेर सैन्य अभ्यास अमेरिका संग मिलेर उत्तरमा मात्रै किन‘ ? सम्भावित खतरा हिमालय क्षेत्रमा मात्रै किन ?
बौद्ध धर्म मान्ने समुदाय मात्रै रहेकोे हिमाली भूभागमा नेपाली सेनाको रोयल प्यालेस परमाधिपती हुँदा उक्त क्षेत्रमा तेस्रो मुलुकको मान्छेलाई जान समेत निषेध गरेर राखेको (भर्जिन ल्याण्ड ) हिमाली क्षेत्रहरुमा अहिले उक्त क्षेत्रको घरघरमा लामाको झण्डा होइन इसाईको चिन्ह “क्रस” गाडेर राखेको लहरै घर देख्न पाइन्छ।रोयल प्यालेस को नियन्त्रण कम्जोर हुँदै गएको यो दुइ दशकको सेरोफेरोमा हिमालय क्षेत्रमा एकैपटक बाइबल र बन्दुक कसरी संग संगै पुगे? नेपाली सेनाको लगाम रोयल प्यालेस को हात बाट फुत्केपछी कति ठूलो असर देखाउँदै छ बुझ्न खोज्नेहरुलाई यो एक उदाहरण काफी नै होला।

अन्तमा दलाई लामाको सम्पर्क कार्यलय हटाएर चीनको सुरक्षाको ख्याल् गरिदिने नेपालको रोयल प्यालेस बिस्थापित हुँदा उत्तरको चीन पनि मौन समर्थनमा उभिएकै थियो। दक्षिणको छिमेकी भारत त अगुवाइ गर्ने नै भइ हाल्यो तर रोयल प्यालेस बिस्थापित भएर आएको यो बाह्र पन्ध्र वर्ष भित्रको गतिविधिले न दक्षिणको छिमेकी भारतले सुरक्षाको अनुभव गर्न पायो न उत्तरको चीनले , दक्षिणको छिमेकी त क्रुद्ध बनेर नाकाबन्दी गर्न सम्म आइपुगे भने उत्तरकोले अघोषित रूपमा अहिले घुर्क्याउँदै छ,
हेर्नुस् त कति फरक हुने रहेछ देश र जनताको लागि नेपाली सेनाको शिरमा रोयल प्यालेस को लगाम हुँदा र न हुँदा होइन र ?

साभार: मोहन लामा रुम्बा फेसबुक वाल बाट

प्रतिक्रिया दिनुहोस्

Array