कोशी गाउँपालिकाद्धारा २५ परिवारलाई बाख्रा र बङ्गुर वितरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत कोसी गाउँपालिका-१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी ५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

सुनसरीको कोसी गाउँपालिका १ की मुन्नी मरिक लामो समयदेखि बङ्गुर पालन गर्दै आएकी छन्। तर, उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन्। मरिकले सोचे अनुसारको आम्दानी भएको पनि थिएन ।

त्यसैगरी, कोसी गाउँपालिका-५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएकी छन्। कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएकी हुन्। बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनत अनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा परेकी चिईन ।

स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सो अनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले कृषकलाई पिरोलिरहेको छ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजना अनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए। कृषि आधुनिकीकरण योजनाबाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array