जाजरकोटको कुशे गाउँपालिका वडाध्यक्ष मृत भेटिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । घटनाको के कारणले भयो भन्ने विषयमा आवश्यक छानविन भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array