आज केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने पुर्वानुमान गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array