धनगढीका स्वतन्त्र मेयर हमालले प्रधानमन्त्रीसंग मागे विकासे आयोजना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई मेयर हमालले भेटेका हुन्।

भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्। ‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्माणका लागि पनि बजेट माग गरेको छु।’

भेटमा प्रधानमन्त्री देउवाले धनगढीका मेयर हमालले राखेका माग सम्बोधनका लागि संघीय सरकार पूर्णरुपमा सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array