पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छः कानुन मन्त्री शर्मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए ।

उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरुको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेको समाचार बाहिरिएको सम्बन्धमा छानविन हुनुपर्ने बताए । उनले गल्ती गर्नेहरु कानुनी दायरामा आउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

Array