काभ्रेमा गाडी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्